बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बागदरबारको सवलीकरण र कमलपोखरी सौन्दर्यकारी योजनाको अनुगमन

बागदरबारको सवलीकरण र कमलपोखरी सौन्दर्यकारी योजनाको अनुगमन

images
२०८२ माघ २३ गते, शुक्रवार
२०८२ माघ २३ गते, शुक्रवार
  • काठमाडौँ। बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्देशन दिएकी छिन्।

    images

    योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डंगोलले सवलीकरण योजनाको अनुगमन गर्दै आज निर्माणका हरेक प्रक्रियालाई सुक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरुलाई निर्देशन दिएकी हुन्।

    images

    कमलपोखरीको अनुगमनमा क्रममा उनले, सूचना प्रविधि विभागलाई सीसीटिभी क्यामरा जडान गर्न, वातावरण व्यवस्थापन विभागलाई सरसफाइ र स्वच्छता कायम गराउन, उद्यान तथा हरियाली प्रवर्धन आयोजनालाई विरुवा तथा फूल रोपेर सुन्दर बनाउन निर्देशन दिँदै, पोखरी वरिपरि भएका निकाय तथा संघसंस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरीको स्वच्छता, सरसफाइ र सुन्दरता बनाउने योजना निर्माण गर्न सकिने बताइन्। 

    रेक्टोफिट भइरहेको बागदरबारको लागत अनुमान भ्याट, कन्टिजेन्सी, पीएससहित ७४ करोड ४७ लाख ३९ हजार ४४३ रुपियाँ थियो।

    सार्वजनिक खरिद प्रक्रियाबाट आएको निर्माण पक्षसँग ४२ करोड ९० लाख १४ हजार ३१० रुपियाँमा सम्झौता भयो। बोलपत्रदातालाई मंसिर १५ गते कार्यादेश दिइएको हो। निर्माण कार्य २०८४ मंसिर १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ। अहिले ५ प्रतिशत भौतिक प्रगति भएको छ।

    कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम ३ करोड ५८ लाख ८७ हजार ५२ रुपियाँ हो। यसको लागत अनुमान ४ करोड ६ लाख ८१ हजार ८० रुपियाँ गरिएको थियो। यो रकम भ्याट र पीएससहितको हो। काम २०८१ असोज १९ गतेबाट सुरु भएको हो। गएको मंसिर १५ गते कार्य सम्पन्न हुनु पर्ने मिति थियो। अहिले यसको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको छ।

    अनुगमनमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई र इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले ड्रइङ् डिजाइनमा उल्लेख भएका विषय र कार्यान्वयन अवस्थाको प्राविधिक पक्षका बारेमा जानकारी गराएका थिए।

    दोस्रो चरणको कामअन्तर्गत साविकमा प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो। सिमाना पर्खालबाहिर टयाक्टिकल अर्वनिजमअन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदल यात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, विरुवा रोप्ने, फूल रोप्ने, सानो पार्क बनाउने काम भएको छ। 

    कमलपोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ। परम्परागत, सांस्कृतिक र पर्यटकीय पोखरीका रुपमा विकास गर्ने गुरुयोजना अनुरुप कमलपोखरी पुनःनिर्माण गरिएको हो। गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएको छ।

    कमल पोखरीको वरिपरि पैदल मार्ग छ। चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, उद्यान कमलपोखरीका विशेषता हुन्। 

    पोखरीका चार ओटा हरेक कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन्। पूर्वतिर मुलढोकासँगै एउटा ठुलोसहित पोखरी वरिपरि ५ वटा मण्डप छन्। पोखरी छिर्ने गेटलाई परम्परागत नेपाली शैलीको छ। पोखरी निर्माण गर्दा नेपाली इट्टा र दर्शन ढुङ्गा प्रयोग गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend