पोखरा। कास्कीको पोखरामा गण्डकी प्रदेशका ११ जिल्लाको १८ निर्वाचन क्षेत्रको अवस्थाबारे छलफल भएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा भएको सो छलफलमा फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभाको निर्वाचन र पार्टीको अवस्था बारे छलफल भएको थियो।
सो छलफल बारे सामाजिक संजाल फेसबुकमार्फत सभापति थापाले जानकारी दिंदै लेखेका छन्, `आज पोखरामा गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रका साथीहरूसँग निर्वाचन केन्द्रित छलफल।´
कांग्रेस कास्कीका एक नेताका अनुसार सो छलफलमा पार्टीले उठाएका प्रतिनिधिसभाको उम्मेदवार, उम्मेदवारको अवस्था, अन्य नेताकार्यकर्ताको भुमिका र आवश्यक रणनीति बारे छलफल भएको थियो।
यसअघि सभापति थापा मधेस प्रदेशका ८ जिल्लाका नेताकार्यकर्तासँग जनकपुरमा छलफल गरेका थिए। सभापति थापा अन्य प्रदेशमा पनि पार्टीका नेताकार्यकर्तासँग चुनावी छलफलका लागि जाने बताइएको छ।



