बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बैतडीमा जन्तीबाट फर्किदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुग्यो, उनीहरू को हुन्?

बैतडीमा जन्तीबाट फर्किदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुग्यो, उनीहरू को हुन्?

images
२०८२ माघ २३ गते, शुक्रवार
२०८२ माघ २३ गते, शुक्रवार
  • बैतडी। बैतडीमा जन्तीबाट फर्कदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

    images

    बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा बिहीबार बेलुकी ८ बजेतिर दुर्घटनामा परेको थियो।

    images

    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूका अनुसार दुर्घटनामा १३ जनाको मृत्युु भएको छ। सो दुर्घटनामा ८ जनाको घटनास्थलमै र ५ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय बैतडीका  अनुसार दुर्घटनामा परेर घटनास्थलमै मृत्यु हुनेमा बझाङको बिथडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, सोही ठाउँका १३ वर्षीय अशोक रराज जोशी, ३५ वर्षीय बसन्त जोशी र ४६ वर्षीय किसन दत्त जोशी छन्।

    यस्तै, बझाङ केदारस्युँ गाउँपालिका–७ का ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय बसन्तराज रताला तथा बैतडी पुर्चाैडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि घटनास्थलमै मृत्यु भएको थियो।

    यसैगरी, उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु हुनेमा बझाङ बिथडचिर गाउँपालिका–७ का १७ वर्षीय किसनदत्त जोशी, सोही ठाउँका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीय केशव राज भट्ट र बैतडी पुर्चाैडी नगरपालिका–७ की १५ वर्षीया सुशिला जोशी छन्।

    दुर्घटनामा अन्य ३२ जना घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा गरिएको थियो।

    प्रारम्भिक अनुसन्धान अनुसार कच्ची तथा उकालो सडकमा अत्यधिक भार बोकेका कारण बस एक्कासी ब्याक भएर दुर्घटना भएको अनुमान गरिएको छ।

    बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का वीरन्द्र बुढा प्रहरी नियन्त्रणमा छन्। दुलहा–दुलही भने अर्काे सवारी साधनमा रहेकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend