काठमाडौँ। काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा सहकारी संस्थाहरूलाई बहालमा लिएको घर तथा कोठा खाली गर्न अल्टिमेटम दिएको छ।
ती सहकारी संस्थालाई यसअघि आग्रह गरिए पनि अटेरी गरेको भन्दै महानगरले सूचना प्रकाशित गरेर ७ दिनको अल्टिमेटम दिएको हो। महानगरको न्यायिक समितिबाट भएका निर्णय मध्ये माघ १५ गते भएको निर्णय कार्यान्वयन समितिको निर्णय अनुसार यस्तो अल्टिमेटम दिइएको महानगरपालिकाले सूचनामा भनेको छ।
तोकिएको समयमा घर खाली नगरे काठमाडौँ महानगरपालिकाले न्यायिक समितिको निर्णय अनुसार खाली गरिने सूचना मार्फत चेतावनी दिइएको छ।
काठमाडौँ महानगरपालिकाले चेतावनी दिएका सहकारी संस्थाहरुमा आशा बचत तथा ऋण सहकारी संस्था, नव सबल सहकारी, युनिफाइड्स बचत तथा ऋण सहकारी संस्था, महाबाैद्ध बचत तथा ऋण सहकारी संस्था, ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक बचत तथा ऋण सहकारी र ग्रेट गंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन्।
यस्तो छ सूचना




