पोखरा। डा. युवानिधि बसौलाले गण्डकी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका छन्।
बुधबारबाट डा. बसौलाले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। उनलाई विभागीय मन्त्री कृष्ण प्रसाद पाठकले मन्त्रालयमा खादा र माला लगाएर स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा चिकित्सा महाशाखा प्रमुख डा. रमेश कुमार केसीसहित मन्त्रालयका कर्मचारीहरु सहभागी थिए।



