बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

'बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्पपत्र लेखिनेछ' : विनोद चौधरी

'बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्पपत्र लेखिनेछ' : विनोद चौधरी

images
२०८२ माघ १६ गते, शुक्रवार
२०८२ माघ १६ गते, शुक्रवार
  • नवलपरासी।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) - १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन्।

    images

    बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन् ।

    images

    चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए ।

     गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ।

    यसैका लागि उनले अनलाइन लिंक (https://www.binodformp.com/suggestions) सार्वजनिक गर्दै क्षेत्रबासीलाई आफ्ना योजना र मागहरू पठाउन आग्रह गरे।

    नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको 'साझा संकल्पपत्र' हुने चौधरीले उल्लेख गरेका छन्। २ मिनेट समय निकालेर फारम भर्न र यो विजय यात्रामा सहभागी हुन उम्मेदवार चौधरीले सबैलाई अपिल पनि गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend