बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंको मुलपानीमा प्रहरीले किन चलायो गोली?

काठमाडौंको मुलपानीमा प्रहरीले किन चलायो गोली?

images
२०८२ माघ १५ गते, बिहिवार
२०८२ माघ १५ गते, बिहिवार
  • काठमाडौँ। काठमाडौँको मूलपानीमा प्रहरीले लुटेरा समूहमाथि गोली चलाएको छ। 

    images

    प्रहरीका अनुसार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लुटपाट गर्दै हिड्ने समूहलाई नियन्त्रणमा लिन गएराति दुई राउण्ड गोली प्रहार गरिएको हो।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटेराहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमणको प्रयास भएपछि गोली चलाइएको प्रहरीले बताएको छ।

    परिसरका एसएसपी रमेश थापाका अनुसार गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन्। घाइरेलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ।

    प्रहरीका अनुसार घटनापछि लुटेरा समूहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ भने सो समूहलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएका छन्।

    प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend