बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध

हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध

images
२०८२ माघ १४ गते, बुधवार
२०८२ माघ १४ गते, बुधवार
  • बागलुङ। मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।

    images

    बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएपछि सवारीसाधन बिच बाटोमा नै रोकिएका छन्। 

    images

    इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार सो लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको छ। अहिले पनि सो स्थानमा  हिमपात जारी रहेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए।

    `अहिले पनि निरन्तर हिमपात भइरहेको छ, सवारीसाधन बाटोमानै रोकिएका छन्, तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ।´ उनले भने।

    काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका लागि छुटेका सवारीसाधन निसीखोला गाउँपालिका-६ भल्कोट सिपमा रोकिएको उनले बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend