बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

७ दिनभित्र शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउँदै काठमाडौ महानगर

७ दिनभित्र शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउँदै काठमाडौ महानगर

images
२०८२ माघ १३ गते, मंगलवार
२०८२ माघ १३ गते, मंगलवार
  • काठमाडौँ। सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको हाजिरी ७ दिनभित्र पूर्ण रुपमा डिजिटल बनाउन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिएकी छन्।

    images

    चालु आर्थिक वर्षमा सम्पन्न काम, थालिएका असल अभ्यासका विषयमा जानकारी लिँदै विभागीय र क्षेत्रगत कामको नतिजाका लागि नीतिगत रुपमा गर्नु पर्ने सहजीकरणका विषयमा जानकारी लिने क्रममा आज डंगोलले शिक्षा विभागका अधिकारीसँग छलफल गर्दै यस्तो निर्देशन दिएकी हुन्।

    images

    ‘नियमितता विद्यार्थीको मात्र होइन। शिक्षक र कर्मचारीको चाहिन्छ। दिवा खाजालाई डिजिटल हाजिरीसँग आवद्ध गराउनु पर्छ।’ शैक्षिक सुधारका विषयमा उनले भनिन्, ‘हामी एसईईको नजिक आउन लागेका छौँ। गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ। तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन नदिनु। तथ्यले नतिजामा सुधार देखिनुपर्छ। यसमा छुट सुविधा कसैलाई हुँदैन।’

    छलफलका क्रममा भृकुटीमण्डपमा रहेको पुस्तकालयमा गरिएको सहयोगबाट प्राप्त भएको नतिजा, सामुदायिक विद्यालयको पूर्वाधार परीक्षणको प्रतिवेदन, शिक्षामा सिपलगायत कार्यक्रमको गुणस्तर र यसको सुधारका पक्षमा छलफल भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend