बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सैनिक मञ्चको दक्षिण चउरमा २ करोड ७० लाखको वरमुढा `ग्रास´ रोपिँदै

सैनिक मञ्चको दक्षिण चउरमा २ करोड ७० लाखको वरमुढा `ग्रास´ रोपिँदै

images
२०८२ माघ १३ गते, मंगलवार
२०८२ माघ १३ गते, मंगलवार
  • काठमाडौँ। सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौँ महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ।

    images

    अहिले यो ठाउँ युवा र बालबालिकाहरुका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरुका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ। यहाँ समय समयमा सार्वजनिक कार्यक्रम पनि हुने गरेका छन्।

    images

    सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।

    ६१ हजार २६३ वर्गमिटर यो चउरमा काम गर्नका लागि २ करोड ७० लाख रुपैयाँ खर्च लाग्नेछ। बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मंसिर मसान्तसम्मको समय दिइएको छ।

    सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर ३ इञ्च मलिलो माटो राखिनेछ । यसमाथि घाँस रोपिनेछ। चउरमा ६ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका ८ वटा आकाशे पानी संकलन पिट हुनेछन्।

    यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend