काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुगेका छन्।
सिमरा विमानस्थल हुँदै थापा आज सर्लाही पुगेका हुन्। नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि थापा पहिलोपटक मधेस प्रदेश झरेका हुन्। उनी प्रतिनिधि सभाको निर्वाचनका लागि सर्लाही ५ बाट पार्टीका तर्फबाट उम्मेदवार बनेका छन्।
थापालाई सिमरा विमानस्थलमा नेपाली कांग्रेसका नेताकार्यकर्ताले स्वागत गरेका थिए। त्यहाबाट उनी आजै सर्लाही पुगेका हुन्। उनको स्वागतमा सिमरा र सर्हालीमा नेताकार्यकर्ता र शुभेच्छुकहरुको भिड लागेको थियो। सर्लाहीमा पनि उनी पुग्दैगर्दा ठूलो संख्यामा नेता कर्याकर्ता उपस्थित भएका छन्।





