काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका बागी उम्मेदवार बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन्।
आचार्यले पार्टीका आधिकारिक उम्मेदवार प्रवल थापालाई समर्थन गर्दै आफुले दिएको उम्मेदवारी फिर्ता लिएका हुन्। थापा काठमाडौं-१ का लागि सिफारिसमा परेका उम्मेदवार हुन्।
आचार्यले सामाजिक संजाल फेसबुकमार्फत आफुले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
`“नेपाली कांग्रेस जिन्दाबाद, भोट के मा रुखमा”, वार्ड, क्षेत्र, जिल्ला, सातै प्रदेस तथा प्रभासका शुभचिन्तक एवं कांग्रेस नेता कार्यकर्ताहरुको सल्लाह, सुझाव एवं नेपाली कांग्रेसका आदरणिय सभापति गगन कुमार थापा ज्युसंगको संबादपछि मेरो उम्मेदवारी हाम्रा उम्मेदवार प्रवल थापा ज्युलाई समर्थन गर्दै फिर्ता लिएको छु !´ आचार्यले लेखेका छन्।
उनले अगाडी थपेका छन्, `मेरो भूमिका नेपाली कांग्रेसको आधिकारिक उम्मेद्वारलाई बिजयी गराउन तन, मनले हुने आदरणिय सबै कांग्रेस नेता, कार्यकर्ता तथा अग्रजहरुमा जनाउंदछु ! नेपाली कांग्रेस जिन्दाबाद, भोट के मा रुखमा, जय नेपाल।´



