बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

इलाम क्षेत्र नम्बर १ मा कांग्रेसबाट युवा पुस्ताको रोजाइमा निस्कल राई

इलाम क्षेत्र नम्बर १ मा कांग्रेसबाट युवा पुस्ताको रोजाइमा निस्कल राई

images
२०८२ माघ ४ गते, आइतवार
२०८२ माघ ४ गते, आइतवार
  • इलाम। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवारको छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याएका छन् । केही दलहरुले प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको नाम अन्तिम रुप दिएका छन् । विवादमा फसेको नेपाली कांग्रेसभित्र पनि आकांक्षीहरु दौडधुपमा छन् । आकांक्षीहरु गगन थापा, शेर बहादुर देउवा, डा.शेखर कोइरालाको घरदैलोमा पुगिरहेका छन् । 

    images

    इलामको निर्वाचन क्षेत्र नम्बर १ र २ मा एमालेले उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । कांग्रेसमा भने आकांक्षीहरुले टिकटका लागि अन्तिम कसरत गरिरहेका छन् । कांग्रेसबाट नव युवा पुस्ताको प्रतिनिधित्व गर्दै निश्कल राई, कांग्रेस इलाम सभापति डम्बर खड्का, अग्रज नेता केशव थापालगायतले टिकटका लागि कसरत गरिरहेका छन् ।  

    images

    तर जेनजी आन्दोलनको भावना विपरीत पुरानै र स्थापित नेताहरूको नाम दोहोरिँदै सिफारिस भइरहेको विषयलाई लिएर कतिपय स्थानमा नेता, कार्यकर्ता र समर्थकबीच आक्रोश समेत बढेको छ । 

    तर यी विवाद र पुराना अनुहारको भीडबीच पनि केही आशाका संकेत देखिएका छन् । कतिपय जिल्लाहरूमा उर्जावान, योग्य र नयाँ पुस्ताका युवाहरूको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ, जसले युवापुस्तामा उत्साह थपेको छ ।

    यस्तै नामहरुमध्ये एक हुन्—इलाम क्षेत्र नम्बर १ बाट सिफारिस भएका ३५ वर्षीय निस्कल राई । व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् । प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हालेका उनी पूर्वक्षेत्रीय सहसचिवसमेत भइसकेका छन् ।

    शंकरदेव क्याम्पस, काठमाडौंमा लामो समय अध्यापन गराएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका हुन् । स्कूल–क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारीमा बसेर संगठनात्मक जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका उनी अध्ययन, अनुसन्धान, समाज सेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै निरन्तर राजनीतिमा सक्रिय छन् । यही निरन्तरताको परिणामस्वरूप, ३५ वर्षको उमेरमै उनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस भएका हुन् ।

    उम्मेदवारको आधिकारिक टिकटका लागि हाल काठमाडौंमा रहेका नेता राईलाई केन्द्रीय नेताहरुले उनीप्रति विशेष चासो समेत दिएका छ । कोशी र मधेस प्रदेशमा राईजस्तै स्पष्ट राजनीतिक प्रोफाइल, कुशल नेतृत्व क्षमता र इमानदार छविका युवाको नाम सिफारिस भएको पहिलो हो । 

    स्थानीय राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय अभ्यास र अनुभव बुझ्ने युवा नेताका रूपमा चिनिएका उनीप्रति मतदातहरुले पनि बढी चासो दिइरहेका छन् । गाउँमै बसेर संगठन विस्तारमा सक्रिय उनले यसअघि कोशी प्रदेश सरकारको ‘हामी स्वयंसेवक’ कार्यक्रमका कार्यक्रम संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend