बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सतलोक आश्रममा आक्रमण गर्नेलाई तत्काल कारबाहीको माग

सतलोक आश्रममा आक्रमण गर्नेलाई तत्काल कारबाहीको माग

images
२०८२ माघ ३ गते, शनिवार
२०८२ माघ ३ गते, शनिवार
  • काठमाडौं। धनुषास्थित सतलोक आश्रममा धार्मिक सहिष्णुता बिथोल्न सुनियोजित सांघातिक आक्रमण भएको पूर्णब्रह्म कबीर उपासक समाज, नेपालले आरोप लगाएको छ।

    images

    शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समाजले घटनामा संलग्न दोषीहरुउपर कडा कारबाहीको समेत माग गरेको छन्।

    images

    समाजका अध्यक्ष कुमार डंगोलले आफूहरुले सञ्चालन गरेको आश्रममाथि भएको सांघातिक आक्रमण धार्मिक सहिष्णुता बिथोल्न सुनियोजित हमाला भएको आरोप लगाए।

    गत पुष २६ गते दिनको करिब ११ बजेको समयमा धनुषा जिल्लाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रममा भक्तजनहरु शनिबारको विशेष सत्संग प्रवचन श्रवण गरिरहेको अवस्थामा आफूलाई हिन्दू सम्राट सेना बताउने एक हुल मान्छेहरुले भक्तजनहरुमाथि अन्धाधुन्द प्रहार गरेको अध्यक्ष डंगोलले बताए।

    घाईतेहरुलाई उपचारका लागि जनकपुर अस्पताल पठाउने क्रममा आक्रमणकारीहरुले बाटोमै एम्बुलेन्स रोकी थप आक्रमण गरेको जनाए। गम्भीर घाईते ११ जनामध्ये ५ जनालाई काठमाडौंमा उपचार गरिरहेको र बाँकी जनकपुर अस्पतालमा उपचार भइरहेको डंगोलले जानकारी दिए।

    डंगोलले मानवता विरोधी जघन्य अपराधमा संलग्न सम्पूर्ण दोषिहरुलाई तत्काल कारबाहीको माग गरेका छन्।

    आक्रमण भएको थाहा पाएपछि स्थानीय प्रहरी प्रशासन आएर परिस्थितिलाई नियन्त्रणमा लिएको थियो। त्यसलगत्तै प्रहरी समक्ष जाहेरी दर्ता गर्न जाँदा आजको समयसम्म पनि जाहेरी नलिएको अध्यक्ष डंगोलले बताए।

    समाजका उपाध्यक्ष केशव प्रसाद मैनालीले धनुषास्थित सतलोक आश्रममा भएको क्रुरता र कायरतापूर्ण आक्रमण ‘हिन्दु सम्राट सेना’ ले गरेको आरोप लगाएका छन्।

    ‘सन्त रामपालजी महाराजको अनुयायीहरुलाई आक्रमण गर्ने हिन्दु सम्राट सेनालाई विश्व हिन्दू परिषदले समेत संरक्षण गरेको सुन्नमा आएको छ, त्यस्तो नहोस्।’ उपाध्यक्ष मैनालीले थपे।

    आश्रम सञ्चालक समिति सदस्य रमेश प्रसाद सापकोटाले धार्मिक द्वन्द्व मच्चाउने योजनासहित भएको आक्रमण सह्य नभएको बताए।

    सापकोटाले मानिसहरु विभिन्न धर्मिक समुदायमा विभाजित भए पनि सन्त रामपालजी महाराजले सम्पूर्ण मानवलाई एउटै सूत्रमा बाँधी भाईचारा, मानवता, शान्ति, समानता, बिकार तथा विसंगति रहित स्वच्छ समाज निर्माणका लागि प्रेरित गर्दै आएको जनाउँदै, सो आक्रमण मानवतामाथिको प्रहार भएको बताए।

    सोही क्रममा आक्रमणमा परेर गम्भीर घाईते भई उपचारका लागि काठमाडौं रिफर गरिएका घाईते योगेन्द्र दासले आफूहरुलाई आश्रममा हातहतियार प्रयोग गरेर सांघातिक हमला गरेको भन्दै पीडा व्यक्त गरे।

    सत्संग प्रवचन चलिरहेको बेला एकाएक आएका व्यक्तिहरुले ढुङगा–मुढा एंव लट्ठी–भाटाले अन्धाधुन्द प्रहार गरेको बताउँदै दासले भने, ‘आश्रममा त कुटेकुटे तर घाइते भएर उपचारार्थ एम्बुलेन्समा चढेर अस्पताल जाने क्रममा एम्बुलेन्ससमेत तोडफोड गरी हामीलाई थप प्रहार गरि सक्त घाइते बनाए।’

    घाइते दासले आफूसँगै रहेका राहुल दास, रञ्जित दास र त्रिदेव दासलगायतका ११ जना भक्तहरुलाई गम्भीर घाईते बनाएको र अरु बोल्न नसक्ने अवस्थामा रहेको पनि जानकारी दिए।

    साथै पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका प्राध्यापक तथा सन्त रामपालजी महाराजका अनुयायी ई.महेन्द्र राज धितालले वैदिक सनातनमा भगवानको विधानलाई सर्वोपरि मानिने र सोही विधान अन्तर्गत साधना गर्ने साधकहरुमाथि गरिएको अमानविय हिंसाप्रति खेद प्रकट गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend