काठमाडौं। पछिल्लो साता अधिकांश तराईका जिल्लामा हुस्सु र कुहिराेले जनजीवन प्रभावित बनेकाे छ।
आगामी तीन दिनसम्म याे प्रभाव कायमै रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। पुस २७ देखि २९ रातिसम्म तराईका अधिकांश जिल्लामा बाक्लाे हुस्सु र कुहिराे लाग्ने महाशाखाले जनाएको छ।
विशेषगरी मधेस र लुम्बिनी प्रदेशका जिल्लामा जनजीवन प्रभावित हुने देखिएकाे छ।
तराईका धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा, जनकपुर, बिराटनगर र चन्द्रगढीमा तापक्रम उल्लेखनीय रुपमा घटेकाे छ।
शनिवार धनगढीकाे न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको थियाेभने आइतबार बिहान सिमराकाे तापक्रम ४.१ मापन भएको छ।
काठमाडौंमा पनि आज राति तापक्रम २ देखि ४ डिग्रीमा झर्नसक्ने महाशाखाकाे पूर्वानुमान छ। पहाडी र अन्य जिल्लामा भने आगामी ३ दिन माैसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।



