बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चितवनबाट ७५ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउँदै

चितवनबाट ७५ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउँदै

images
२०८२ पौष २६ गते, शनिवार
२०८२ पौष २६ गते, शनिवार
  • काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा चितवन जिल्लाबाट ७५ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्।

    images

    कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौँमा हुँदैछ। महाधिवेशनमा सहभागी हुन बिभिन्न जिल्लाबाट अपिल नै जारी भइरहेको छ। विशेष महाधिवेशनमा सहभागि हुन जिल्ला–जिल्लाबाट क्षेत्रबाट समेत प्रतिनिधिहरु खुल्न थालेका छन्।

    images

    नेपाली कांग्रेस चितवनका सचिव ध्रुब पोखरेलले चितवनबाट विशेष महाधिवेशनमा ७५ प्रतिशत प्रतिनिधि सहभागी हुने तय भएको बताए। यो संख्या अन्तिम समयसम्म अझ बढ्ने उनको दाबी छ। चितवनमा कुल ७८ जना महाधिवेशन प्रतिनिधि छन्।

    ‘महाधिवेशनमा जाने प्रतिनिधिहरु अझै खुल्दैछन्, जाने दिनसम्म शतप्रतिशत नै हुने अनुमान छ, अहिलेसम्म ७५ प्रतिशत बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने तय भइसकेको छ।’ पोखरेलले भने।

    पोखरेलले नेपाली कांग्रेसको विधान २०१७ (शंसोधन सहित)को धारा १७ को उपधारा २ कार्यान्वयन र पालना गर्दा पार्टी फुट्छ भन्ने भनाई तर्क संगत नहुने बताए।

    यसअघि गत कार्तिकमा चितवनमा बसेको ९० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरुको भेलाले मंसिर भित्रमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेर बुझाएको थियो।

    महाधिवेशनमा सहभागि हुन पूर्व अध्यक्ष जीतनारायण श्रेष्ठ यसअघि नै काठमाडौं आइसकेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend