बिरगंज। सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवसको अवसरमा नम्बर १३ गण हेडक्वार्टर पर्साले मधेस आन्दोलनका जिउँदो सहिदको परिवारलाई विशेष सहयोग गरेको छ।
नम्बर १३ गण हेडक्वार्टर पर्साले सामाजिक उत्तरदायित्व अन्तर्गत बिरगंज महानगरपालिका-२८ बगहीस्थित ३६ वर्षीय मधेस आन्दोलनका जिउँदो सहिद मन्सी पटेलको घरमा विद्युत् वायरिङ र पङ्खा जडान गरिदिएको हो।
गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पूरणचन्द्र भट्टले विभिन्न ब्यक्तिहरुबाट प्राप्त सहयोगबाट निर्माण गरिएको पटेलको निवासमा पूर्ण वायरिङ गरी पङ्खा जडान गरिएको जानकारी दिए।

उनका अनुसार जस्तापाताले छाएको तीन कोठे पटेल निवासमा यसअघि विद्युतको सुविधा थिएन। सशस्त्र प्रहरीको सहयोगमा निवासको तीन वटै कोठा र बाहिरी भागमा शुक्रवार वायरिङ गरि पङ्खा जडान सप्पन्न गरिएको हो।
भट्टले भविष्यमासमेत गणका तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिलाई निरन्तरता दिइने जानकारी दिए।




