बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस भक्तपुरका सभापतिका प्रत्यासी लगायतका दर्जनबढी नेता विशेष महाधिवेशनका पक्षमा

कांग्रेस भक्तपुरका सभापतिका प्रत्यासी लगायतका दर्जनबढी नेता विशेष महाधिवेशनका पक्षमा

images
२०८२ पौष २५ गते, शुक्रवार
२०८२ पौष २५ गते, शुक्रवार
  • भक्तपुर। नेपाली कांग्रेस भक्तपुरका सभापतिका प्रत्यासी अष्ट कवे लगायतका जिल्ला स्तरीय नेताहरू विशेष महाधिवेशनका पक्षमा खुलेका छन्। 

    images

    कवे हालका पार्टी सभापति दुर्लभ थापासँगै सभापतिका दुवै पटकका प्रत्यासी हुन्। यसैगरी कांग्रेस भक्तपुरका पूर्व सचिव विष्णुराज कार्कीसमेत विशेष महाधिवेशनका पक्षमा खुलेका छन्। त्यस्तै महिला संघकी जिल्ला सभापति सरू बानियाँ, बागमती प्रदेशका पर्यटनमन्त्री शुरेश श्रेष्ठ पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।

    images

    यसैगरी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सभापति भेषबहादुर कार्की, बरिष्ठ पत्रकार एवं काँग्रेस नेता कविर राणा, महिला नेतृ संगीता फुँयाल लगायतका नेताहरू पनि विशेष महाधिवेशनका पक्षमा खुलेका छन्। उनीहरुले भक्तपुर जिल्लामा विशेष महाधिवेशनका लागि नेता कार्यकर्तालाई आह्वानसमेत गरिरहेका छन्।

    यसैबीच भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ ले दोस्रो ऐतिहासिक विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।

    महाधिवेशनले पार्टीको भावी दिशा तय गर्नुका साथै लोकतन्त्रलाई नयाँ ऊर्जा दिने ऐतिहासिक निर्णयहरू गर्ने विश्वास समितिले लिएको छ।

    `नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूलाई यस ऐतिहासिक अवसरमा सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गर्दछु।’ भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सभापति भेषबहादुर कार्कीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

    विशेष महाधिवेशन पक्षका नेता कार्यकर्ताले बिहीवार दुवाकाेटमा आयोजना गरेको कार्यक्रममा उल्लेख्य संख्यामा नेता कार्यकर्ता उपस्थित भएक थिए। विशेष महाधिवेशन पक्षधरहरू हाैसिएकाे महिला संघ जिल्ला सभापति बानियाँले बताइन। विशेष महाधिवेशन पक्षधरले भक्तपुरबाट करिब एक हजारकाे संख्यामा नेता कार्यकर्ता उतार्ने तयारी भइरहेकाे बानियाँकाे भनाई छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend