बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चिसो बढ्दै गएपछि गरिब तथा मजदुर वर्गको जनजीवन प्रभावित

चिसो बढ्दै गएपछि गरिब तथा मजदुर वर्गको जनजीवन प्रभावित

images
२०८२ पौष २२ गते, मंगलवार
२०८२ पौष २२ गते, मंगलवार
  • कैलाली। अत्यधिक चिसो बढ्दै गएपछि कैलालीमा दैनिक ज्याला मजदुरी गरेर खाने गरिब तथा मजदुर वर्गहरूको जनजीवन प्रभावित भएको छ।

    images

    चिसो हावासँगै लगातारको कठ्याङ्ग्रिने जाडोले दैनिक काम गरेर बिहान, बेलुकाको छाक टार्ने गरिब वर्गहरूको जनजीवन प्रभावित भएको हो।

    images

    केही दिनदेखि बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहरको कारण जाडो बढेपछि कैलालीमा गरिब तथा मजदुर वर्गहरूको जनजीवन कष्टकर भएको हो।

    अत्यधिक चिसोका कारण काम गर्न नै कठिन भएको धनगढीका स्थानीय मजदुर रामकिशन चौधरीले बताए। “वर्षौंदेखि मजदुरी गरेर नै जीवन गुजारा गरिरहको छु, एक दिन काम गर्न छोड्यो भने भान्साको चुलो बल्दैन”, उनले भने, “के गर्ने हिजोआज चिसो अत्यधिक छ, काम गर्न गाह्रो हुन्छ त्यही पनि बाध्यता छ काम गरेन भने छाक टार्नै मुस्किल पर्दछ।”

    मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सोही ठाउँका हरि रानाले पनि चिसो बढेपछि काम गर्न समस्या भएको गुनासो गरे।

    “हिजोआज कठ्याङ्ग्रिने चिसोले काम गर्नमा कठिनाइ भएको छ, “उनले भने, “दैनिक काम गर्न गएन भने पैसा आउँदैन, पैसा आएन भने छाक टार्न समस्या हुन्छ, त्यसैले जतिसुकै चिसो भए पनि हामीलाई काम गर्नुपर्ने बाध्यता हुन्छ।”

    त्यसैगरी चिसोको कारण बालबालिकाहरू, वृद्धवृद्धा र विद्यार्थी वर्ग पनि प्रभावित भएका छन्। चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि केही दिन विद्यालय बिदा दिनुपर्ने कतिपय अभिावकहरूको भनाइ छ।

    चिसोले बजार क्षेत्रमा समेत चहलपहल घटेको छ। अत्यधिक चिसो बढेपछि केही दिन अघि मात्रै धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालयले धनगढी बजार आसपासका चोक क्षेत्रमा निःशुल्क दाउरा वितरण गरिएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend