त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १५ शैयाको नगर अस्पताल भवन निर्माण भएको छ।
कुल १४ करोड १० लाखको लागतमा नवलपुरमा सो नगर अस्पताल भवन निर्माण भएको हो। दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए।
अस्पताल भवन निर्माण भएसँगै विशेषज्ञसहितको सेवालाई प्रवाह गरिने न्यौपाने बताउँछन्। उनका अनुसार अस्पतालमा हप्ताको छ दिन विशेषज्ञ सेवा उपलब्ध हुनेछ।
अस्पतालमा हाडजोर्नी, नाककान, घाँटी, छाला, पेट, छाती तथा मुटुरोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा, आँखा र दन्त उपचार हुँदै आएको छ।



