काठमाडौं। तराई मधेसमा बाक्लो हुस्सु सँगै भइरहेको शितलहरले चिसो बढाएको छ। बिगत केही दिनदेखि तराई मधेसमा चिसो बढेको छ।
बारा, पर्सा, रौतहट, सर्लाही, सिराहा, सप्तरी, धनुषा, महोत्तरीमा चिसो बढेको छ। यसैगरी पुर्वी नेपालका झापा, सुनसरी जिल्लामा पनि चिसो बढेको छ।
यस्तै पश्चिम तराईको जननीवन पनि बाक्लो हुस्सु र कुहिरोका कारण प्रभावित भएको छ। चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।
स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुल्ने गरेका छन्। स्थानीय सरकारले ठाउँठाउँमा आगो बाल्नका लागि स्थानीयलाई दाउरा वितरण गरिरहेका छन्। चिसोका कारण तराई मधेसका बजार सम्साझैँ सुनसान हुन थालेका छन्।
चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले जानकारी दिए।



