काठमाडौं। निर्वाचन आयोगले माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ।
निर्वाचन आयोगले सात जना जिल्ला न्यायाधीशलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको हो।
आयोगको पुस ७ गते बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम उनीहरूलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार नियुक्त निर्वाचन अधिकृतहरू पुस १५ गतेदेखि लागू हुने गरी जिम्मेवारीमा खटिनेछन्। यस्तै निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय छ।



