बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

घोढाघोडीमा ३८४ जनाको आँखा परीक्षण, ७५ जनामा मोतियाबिन्दु

घोढाघोडीमा ३८४ जनाको आँखा परीक्षण, ७५ जनामा मोतियाबिन्दु

images
२०८२ पौष ६ गते, आइतवार
२०८२ पौष ६ गते, आइतवार
  • कैलाली। कैलालीको घोढाघोडीमा ३८४ जनाको आँखा परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ।

    images

    नेपाल नेत्रज्योति सङ्घद्वारा संचालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी नगरपालिकामा निःशुल्क आँखा परीक्षण शिविर संचालन गरिएको हो। शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो। यो नगरपालिका जिल्लाको मध्यभागमा पर्छ।

    images

    अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने बताए।

    नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले सङ्घले अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक सयौँ आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिए।

    ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगको सहकार्यमा अस्पताल बाहिर शिविर संचालन गर्दै आइरहेको छ।

    चन्दका अनुसार ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ।

    सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छभने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवामा पहुँच पुर्याएको छ।

    सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म विभिन्न २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ।

    यो अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend