काठमाडौं। काभ्रेपलान्चोकको धुलिखेलमा पूर्वानुमानमा आधारित पूर्वकार्यको न्यूनतम प्याकेज तालिम सुरु भएको छ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको आयोजना, डेनिश रेडक्रसको आर्थिक सहयोग तथा आईएफआरसी र अन्य साझेदार राष्ट्रिय सोसाइटीहरूको प्राविधिक सहयोगमा पूर्वानुमानमा आधारित पूर्वकार्यको न्यूनतम प्याकेज तालिम मंगलबारबाट सुरु भएको हो।
रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यकासाथ तालिम आयोजना गरिएको हो।
सो तालिममा पूर्वानुमानमा आधारित पूर्वकार्य संयोजक एवम् तालिम संयोजक प्रमोद अधिकारीले तालिमको आवश्यकता र उद्देश्य बारे सहभागीहरुलाई जानकारी गराएका थिए।
यस्तै विपद् व्यवस्थापन विभागका उपनिर्देशक शिवराम गौतमले सहभागिहरूलाई तालिमपछिको ब्यवहारिक कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका थिए।
तालिममा नेपाल रेडक्रस सोसाईटीका महामन्त्री मिनबहादुर मल्लले सबै सहभागिहरुलाई शुभकामना व्यक्त गर्दै तालिमको महत्वलाई ध्यान दिन आग्रह गरे।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा आर्या रेग्मी, निरु प्रधान, विनोद लामिछाने, भरतराज भाट तथा सुमैया कबिरले विभिन्न विषयमा सहजिकरण गर्नेछन।
तालिममा नेपाल रेडक्रस सोसाइटीका स्वयमसेवक तथा कर्मचारी गरी २६ जनाको सहभागिता छ।



