बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

३१ औँ महानगर दिवस २०८२

रैथाने खाना र खाद्य सेवाको स्वच्छता प्रवर्द्धनमा काठमाडौँ महानगर

रैथाने खाना र खाद्य सेवाको स्वच्छता प्रवर्द्धनमा काठमाडौँ महानगर

images
२०८२ मंसिर २९ गते, सोमवार
२०८२ मंसिर २९ गते, सोमवार
  • काठमाडौं। नारायण चौरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको रैथाने मौलिक खाद्य स्वच्छता मेलामा राखिएका परिकारमा महानगरबासीको रुचि देखियो। सोमबार ३१ औँ महानगर दिवसको अवसर पारेर महानगरपालिकाले खाद्य सेवालाई गुणस्तरीयता बढाउन सहभागिता र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको मेलामा यस्तो अवस्था देखिएको हो। मेलामा ४९ वटा खानाका स्टल थिए।

    images

    मेलामा नेवारी परिकारहरु चटामरी, झुकु, चाकु यमरी, खुवा यमरी, छोइला, अण्डा बारा, मिक्स बारा, फोक्सो, मःम, समयबजी, हाकु छोयला, आलु अचार, मस्यौरा छोयला जस्ता परिकारहरू राखिएका थिए।

    images

    यसैगरी लिम्बू समुदायका सेर्गेम्बा, याङ्बेन सेट, फाक्सा सेट, गुन्द्रुकको अचार, वाम्युक फिलिङ्गे अचार, चाम्रे सेट लगायतका परिकार थिए।

    फापरको फुलौरा, मकैको फ्याप्लो, कोदोको रोटी, अनादी मसला, बट्टाइ तारेको, कुराउनीको स्वाद पस्किएको थियो। पूर्वी तराईका राजवंशी समुदायले बिहानको खाजाका रूपमा खाने भक्का परिकार मेलाको आकर्षण थियो।

    यस्तै जनकपुर तावा माछा, खट्टेको भुजा, मुलाको अचार र लोकल टमाटरको चट्नी सेटको स्वादमा आगन्तुकहरु झुम्मिएका थिए।

    मेलामा महानगरपालिकाभित्रका २४ वटा वडा र अन्य खाद्य तथा आतिथ्यता सेवाबाट परिकार राखिएका थिए।

    एउटा स्टलमा करिब ५ सय व्यक्ति पुगेर खानाका बारेमा सोधखोज गरेको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट भारती अधिकारीको भनाइ छ। स्टलहरुले ५० हजार रुपैयाँसम्मको विक्री गरेको उनले जानकारी दिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend