बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सामुदायिक शिक्षामा वडाबाटै लगानी, नतिजामा सुधारको आश

सामुदायिक शिक्षामा वडाबाटै लगानी, नतिजामा सुधारको आश

images
२०८२ मंसिर २७ गते, शनिवार
२०८२ मंसिर २७ गते, शनिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौर र लोकहित आधारभूत विद्यालय, ठमेललाई कम्प्युटर ल्याब निर्माण गरिदिएको छ।

    images

    यी विद्यालयहरुमा क्रमशः ३२ वटा र १० वटा कम्प्युटरसहितको ल्याब निर्माण गरेपछि शुक्रबार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले हस्तान्तरण गरे। सो ल्याबका लागि वडाले ४० लाख रुपैयाँ विनियोजन गरेको थियो।

    images

    सार्वजनिक खरिद प्रक्रियाबाट करबाहेक २७ लाख ७६ हजार २ सय रुपैयाँ कम्प्युटर खरिद गरेर ल्याव स्थापना गरिएको हो। वडाले शान्ति विद्या गृहलाई गएको वर्ष ६५ इञ्चका २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको थियो। सार्वजनिक खरिद प्रक्रियाबाट ती बोर्डहरु ४३ लाख ५९ हजार ५४० रुपैयाँमा प्राप्त भएका थिए।

    ल्याब हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भने, ‘सामुदायिक विद्यालयहरुको नतिजा सुधारका लागि हामीले पूर्वाधार, सामान तथा उपकरण र प्रविधिमा लगानी बढाएका छौँ। शान्ति विद्या गृहमा भवन निर्माणमा वडाले खरिद प्रक्रिया अगाडि बढाएको छ। हामीले गरेका लगानी नतिजा सुधारका लागि हो। विद्यालयहरुले यो सहयोगलाई नतिजाबाट प्रत्याभूति गराउनुपर्छ।’

    शैक्षिक गुणस्तर विकासका लागि वडाले विद्यालयहरुमा ल्याएका कार्यक्रम सकारात्मक छन्। पूर्व वडाध्यक्ष वर्षाराम भण्डारीले भने, ‘वडाका कार्यक्रमले भविष्यका आवश्यकतालाई समेत सम्बोधन गर्न क्षमता राख्छन् भन्ने मेरो बुझाइ हो।’

    वडाका सचिव केदार रिमालले परिवर्तित स्थानीय आवश्यकता र विश्व परिवेश हेरेर प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि लगानी वडाले लगानी गरेको बताए।

    विद्यागृहका प्रधानाध्यापक विष्णुप्रसाद ढकालले ल्याबका सामान बुझिसकेपछि शिक्षण सिकाइका लागि प्राप्त स्रोतको अधिकतम उपयोग गरिने प्रतिवद्धता व्यक्त गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend