बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते

images
२०८२ मंसिर २५ गते, बिहिवार
२०८२ मंसिर २५ गते, बिहिवार
  • काठमाडौं। डडेलधुराबाट काठमाडौँतर्फ आइरहेको यात्रुवाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

    images

    ना८ख ७४५५ नम्बरको सो बसमा ३८ जना सवार रहेको र २२ जना घाइते भएको लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए। बस पुलबाट खोलामा खसेको थियो।

    images

    दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पुर्याइएको छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend