मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

जाडो मौसममा जोर्नीको दुखाई किन हुन्छ?

जाडो मौसममा जोर्नीको दुखाई किन हुन्छ?

images
२०८२ मंसिर १२ गते, शुक्रवार
२०८२ मंसिर १२ गते, शुक्रवार
  • काठमाडौं। मानिसलाई जाडो मौसममा विभिन्न रोगले सताउने गरेको पाईन्छ। जाडो मौसममा बढी चिसो हुने हुँदा दम, छालाको समस्या, जोर्नी दुख्ने, रुघाखोकी लाग्ने, मुटुसम्बन्धी समस्या र निमोनिया, हृदयघातलगायतका समस्या हुने गरेको पाईन्छ।

    images

    जाडो महिनामा दमका रोगहरु बल्झिने हुन्छ। दमको विरामीहरुलाई जाडो र चिसोले गर्दाखेरी स्वासप्रश्वास नलीहरु साँघुरो भएर दमहरु बल्झिने गरेको हो। जाडोमा रुघाखोकीको प्रकोपहरु भाइरस, टन्सिलाइटिस समेत हुने गरेको छ। साना बालबालिका र इम्युनिटी पावर कम भएका विरामीहरुलाई जाडो महिनामा भाइरल डायरिया पनि हुने गरेको पाईन्छ।

    images

    हड्डीहरु खिइएका, घुँडाहरु खिइएका, ढाड दुखेका र वाथ भएका बुढाबुढीहरुलाई गर्मी महिनाको तुलनामा जाडो महिनामा चिसोका कारण जोर्नीहरु बढी मात्रामा दुख्ने गरेको पाईन्छ। जाडो वा चिसो मौसममा शरिरमा हुने रक्तसञ्चार कम हुँदा बढी मात्रामा जोर्नी दुखेको महसुस हुन्छ। जोर्नी दुख्ने विरामीहरु गर्मीमा नहुने भन्ने हुँदैन।

    हड्डीहरु खिइएका, घुँडाहरु खिइएका, ढाड दुखेकाका विरामीलाई जाडो समयमा तातो वा न्यानो बनाउँदा सहज महसुस हुन्छ। सामान्य जोर्नी दुखाईलाई हामीले जीवनशैली तथा खानपिनमा सुधार ल्याएरपनि ठिक गर्न सकिन्छ। यद्यपि, कतिपय जोर्नी दुखाईमा भने डाक्टरसँग उपचार नै गराउनुपर्छ।

    जाडो मौसममा प्रायः व्यक्ति बढी आराम गर्ने गर्छन्। यसबाट शारीरिक सक्रियता कम हुन्छ। दिन छोटो र रात लामो हुनाले जीवनशैली परिवर्तन हुन जान्छ। त्यसैले हाम्रो खानपानको बानी समेत परिवर्तन हुन्छ। हामी व्यायाम पनि कम गर्छौं। त्यसैले जोर्नी दुख्ने समस्या अझ बढ्न जान्छ।

    चिसो मौसममा हाम्रो शरिरमा गतको तापमान कायम गर्नु आवश्यक हुन्छ।  तापमान सही नभए यसले शरीरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ। जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महसुस हुन्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend