बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

तिहारको मुखमा स्मार्ट फोन किन्ने? : आयो ‘भिभो भी६० लाइट’, यस्तो छ मूल्य र फिचर

तिहारको मुखमा स्मार्ट फोन किन्ने? : आयो ‘भिभो भी६० लाइट’, यस्तो छ मूल्य र फिचर

images
एक्सरे नेपाल
२०८२ आश्विन ३० गते, बिहिवार
एक्सरे नेपाल
२०८२ आश्विन ३० गते, बिहिवार
  • काठमाडौं। तिहारको मुखैमा स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गतको नयाँ मोडेल ‘भिभो भी६० लाइट’ नेपाली उपभोक्ताका माझ ल्याएको छ।

    images

    पछिल्लो समय सर्वाधिक रुचाइएको भी सिरिज अन्तर्गतको नयाँ मोडेलमा भिभोले भी६० लाइटलाई नेपाली उपभोक्ताका माझ आधिकारिक रूपमा सार्वजनिक गरेको हो। 

    images

    यो स्मार्ट फोन फोरजी र फाइभजी भेरियन्टमा उपलब्ध छ भने यो फोनलाई कम्पनीले ‘ट्राभल पोर्ट्रेट पर्फेक्ट पार्टनर’ को रूपमा प्रस्तुत गरेको छ।

    भी६० लाइटमा कम्पनीको तेस्रो पुस्ताको एआई औरा लाइट पोर्ट्रेट ३.० प्रविधि समावेश गरिएको छ। यो प्रविधिले सामान्य फ्ल्यासभन्दा ७३ गुणा सफ्ट र प्राकृतिक प्रकाश प्रदान गर्ने कम्पनीको दाबी छ। 

    सो प्रविधिले छालाको रङ्गलाई स्वाभाविक बनाउँदै प्रकाश क्षेत्रफल ४.२ गुणा बढाउने दाबी गरिएको छ। साथै, स्मार्ट लाइटिङ कन्ट्रोल फिचरले वातावरण अनुसार प्रकाशको रङ्ग तापक्रम स्वचालित रूपमा मिलाउने सुविधा दिने कम्पनीको दाबी छ।

    सो भेरियन्टको फोनमा ५० मेगापिक्सेल सोनी आईएमएक्स ८८२ मुख्य क्यामेरा, ८ मेगापिक्सेल वाइड-एङ्गल लेन्स र ३२ मेगापिक्सेल एचडी सेल्फी क्यामेरा उपलब्ध छ। कम्पनीका अनुसार यसले हरेक प्रकाशमा प्रोफेसनल गुणस्तरको पोर्ट्रेट फोटोग्राफी सुनिश्चित गर्छ। साथै, मास्टर पोर्ट्रेट स्टाइल, एआई मास्टर एचडी अल्गोरिथम र फोरके भिडिओ रेकर्डिङ जस्ता फिचरले भिडिओ र फोटो दुवैमा प्रोफेसनल अनुभव प्रदान गर्ने कम्पनीले भनेको छ।

    भिभो भी६० लाइटमा रहेको एआई फोर-सिजन पोर्ट्रेट फिचरले चारै ऋतुबाट प्रेरित कलर र इफेक्टहरू सिर्जना गर्ने दाबी गरिएको छ। साथै, एआई इरेज ३.० र एआई इन्ह्यान्स फिचरमार्फत तस्बिरलाई केही सेकेन्डमै सोसल मिडियामा शेयर गर्न योग्य बनाउन सकिन्छ।

    यो स्मार्टफोन दुई कलरमा उपलब्ध छन्। आकर्षक डिजाइनका मोबाइल फोन प्रयोग गर्न रुचाउने पुस्ताका लागि यो फोनमा टाइटानियम ब्लु र एलिगेन्ट ब्ल्याक दुई कलर उपलब्ध छ। एक्सक्विजिट ट्रान्सप्यारेन्ट क्यामेरा मोड्युल, स्लिम बडी र अल्ट्रा-थिन बेजलले यसलाई झनै आकर्षक बनाएको छ।

    यसैगरी यो फोनमा फाइभजी भेरियन्टमा मिडियाटेक ७३६० टर्बो फाइभजी चिपसेट र फोरजी भेरियन्टमा स्न्यापड्रागन ६८५ प्रोसेसर प्रयोग गरिएको छ। फाइभजी मोडेलमा १२+१२ जीबी एक्सटेन्डेड र्‍याम र २५६ जीबी स्टोरेज दिइएको छ भने फोरजी मोडेलमा ८+८ जीबी एक्सटेन्डेड र्‍याम र २५६ जीबी स्टोरेज उपलब्ध छ।

    ६.७७ इन्चको एएमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, ९४.२ प्रतिशत स्क्रिन-टु-बडी रेसियो र डुअल स्टेरियो स्पिकरले उत्कृष्ट दृश्य र साउन्ड अनुभव गर्न सकिने कम्पनीको भनाइ छ।

    यो स्मार्ट फोनमा ६५ सय एमएएच ब्लु वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्जिङ प्रविधिले १ प्रतिशतदेखि १०० प्रतिशत चार्ज हुन ५२ मिनेट मात्र समय लिने दाबी गरिएको छ। यस्तै आईपी६५ डस्ट एण्ड वाटर रेजिस्टेन्ट र वेट ह्यान्ड टच जस्ता फिचरहरूले दैनिक प्रयोगमा थप सुरक्षा र सहजता प्रदान गर्ने बताइन्छ।

    प्रयोगकर्ताको सहजता र उत्पादकत्वका लागि यसमा समयको माग अनुसार गुगल जेमिनाई, एआई क्याप्सन, एआई ट्रान्सक्रिप्ट असिस्ट लगायतका स्मार्ट एआई टुलहरू पनि समावेश छन्।

    कम्पनीले बिहीबारदेखि यो मोडेल नेपालभरका भिभो रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्म मार्फत खरिद गर्न सकिने जनाएको छ। 

    उपभोक्ताले भिभो भी६० लाइट फोरजी मोडेल ३९ हजार ९९९ रुपैयाँ र भिभो भी६० लाइट फाइभजी मोडेलको ४८ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend