काठमाडौं। नेपाली बजारमा सुनकाे भाउ साढे दुईलाख प्रतिताेला नाघेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनकाे मूल्य एक तोलाको दुईलाख पचास हजार ९०० रुपैयाँ पुगेकाे छ।
याे हालसम्मकै उच्च मूल्य हाे। बुधवार सुनकाे भाउ दुईलाख ४८ हजार ९०० रुपैयाँ थियाे। चाँदी भने प्रतिताेला तीन हजार २७५ रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ।



