काठमाडौं। अल्टीमा लाइफ स्टाइलले तिहारका अवसर पारेर टेक तिहार २.० अभियान सुरु गर्दैछ।
भोलि शुक्रबारबाट अल्टीमाले टेक तिहार २.० अभियान सुरु गर्ने भएको हो। सो अभियान अक्टोबर १९ सम्म अल्टीमाको आफ्नै वेबसाइट, अल्टीमा स्टोर, दराज अनलाइन प्लेटफर्म र खल्ती वालेटमार्फत संचालन हुनेछ।
अभियानका समयमा ग्राहकहरूले सम्पूर्ण अल्टीमाका प्रोडक्टहरूमा ठूलो छुट अर्थात् ६० प्रतिशतसम्म छुटको मजा लिन सक्नेछन्।

अल्टीमा लाइफ स्टाइलले यो तिहारको समयलाई आफ्ना प्रियजनहरूलाई टेक गिफ्ट दिएर तिहारलाई अझ रमाइलो बनाउन सकिने भनेको छ।
अल्टीमाका अनुसार यस अभियानमा बजारमा सबैभन्दा बढी माग भएका दुई स्पिकरहरू अल्टीमा साउण्डबार S20 र अल्टीमा टण्डर 120 पुनः उपलब्ध हुनेछन्।
विषेश अफर अन्तर्गत, अल्टीमा टण्डर 120 स्पिकर खरिद गर्ने हरेक ग्राहकले फ्रीमा अल्टीमा बुम 211 इयरबर्डस प्राप्त गर्नेछन्, जुन सबै आधिकारिक आउटलेटहरूमा उपलब्ध हुनेछ। कौशलटार, पुल्चोक, नयाँ बानेश्वर र पुतलीसडकमा अल्टीमाका आधिकारिक आउटलेटहरु संचालनमा छन्।

अल्टीमा टेक तिहार २.० मा के छ?
रि-स्टक भएका प्रोडक्टहरू:
Ultima S20 speaker : MRP रु ७,९९९ विषेश मूल्य रु: ४, ४९९
Ultima Thunder 120 speaker : MRP रु : ३४,९९९ विषेश मूल्य रु: १८,९९९
दराजमा फास्टेट फिंगर फ्ल्यास सेल
अल्टीमाले यो अफर अक्टोबर १० का दिन दराज अनलाइन प्लेटफर्ममा उपलब्ध हुने घोषणा गरेको छ। जहाँ सबैभन्दा छिटो क्लिक गर्ने दुई भाग्यशाली ग्राहकले १ युनिट Ultima Wavebar 200W साउण्डबार (मूल्य : रु: २४९९९) मात्र रु: १० मा र १ युनिट Ultima thunder 120 स्पिकर (मूल्य रु: ३५,९९९) मात्र रु: १० मा पाउने छन्।

Ultima Thunder 120 को विशेषता
-110W RMS आउटपुट, 220W Peak Power
-Extra Bass, Multi-Link Connectivity (१०० स्पिकरसम्म जोड्न सकिने)
-RGB Lights, IPX6 Water Resistance
-7000mAh ब्याट्री (७ घण्टा प्ले टाइम), Power Bank Function
-Bluetooth 5.3 / USB / AUX सपोर्ट
-पोर्टेबल डिजाइन, Detachable Strap
Ultima Soundbox S20 को विशेषता
-Dual 10W Drivers, 20W Stereo Sound
-Extra Bass, Bluetooth 5.3, TWS Pairing
-७ घण्टा प्ले टाइम, RGB Lights, IPX5 Splash Resistance
-हल्का, पोर्टेबल डिजाइन, १ वर्ष वारेन्टी






