काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थगित गरेकाे एनआरएन नागरिकतासम्बन्धी सेवा मंगलबारदेखि पुन: सुचारु गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाली नागरिकता परित्याग तथा गैर आवासीय नागरिकताकाे प्रमाणपत्रसम्बन्धी सेवा पुनः सुचारु गरिएको जनाएको छ।
जेन-जी आन्दाेलनका क्रममा भएको आगजनीपछि कार्यालयमा रहेका महत्त्वपूर्ण अभिलेखहरु जलेर नष्ट भएका थिए। त्यसपछि प्रशासनले असाेज ५ गतेदेखि एनआरएन नागरिकतासम्बन्धी सेवा स्थगित गरेकाे थियाे।



