बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौं महानगरमा ७० वटा आश्रयस्थल, ४ विद्यालयमा जोखिमपूर्ण अवस्थाका ३९३ जना स्थानान्तरण

काठमाडौं महानगरमा ७० वटा आश्रयस्थल, ४ विद्यालयमा जोखिमपूर्ण अवस्थाका ३९३ जना स्थानान्तरण

images
२०८२ आश्विन १८ गते, शनिवार
२०८२ आश्विन १८ गते, शनिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले जल तथा मौसमजन्य विपद क्षति न्यूनीकरणका महानगरपालिकाका तर्फबाट प्रयास गरिरहेको बताएका छन्।

    images

    उनले अविरल परिरहेको पानीले बाढी र डुवानको जोखिममा परेका वस्ती, त्यस क्षेत्रमा रहेका मानिस र भौतिक सम्पत्ति जोगाउन जनशक्ति, स्रोत, साधन र उपकरण परिचालन गरिएको बताए। शाहले शनिबार राति आफ्नो सामाजिक संजालमार्फत सो कुराको जानकारी गराएका हुन्।

    images

    उनले भनेका छन्, `जोखिममा रहेका परिवारलाई महानगरपालिका क्षेत्रभित्र रहेका करिव ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलको रूपमा प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको छ। जसमध्ये ४ वटा विद्यालयमा जोखिमपूर्ण अवस्थाका परिवारलाई स्थानान्तरण गरेर राखिएको छ।´

    उनले जोखिमपूर्ण अवस्थाका परिवारलाई स्थानान्तरण गरेर राखिएको ४ वटा विद्यालयको नाम र राखिएका कुल ब्यक्तिको संख्या पनि सार्वजनिक गरेका छन्। जसमा विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा  ७० जना, गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय कुलेश्वरमा ५२ परिवारका २५१ जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना राखिएको उनले उल्लेख गरेका छन्।

    यी विद्यालयमा आश्रयसहित  खाने, शौचालय, पानीलगायतका आधारभूत सुविधाहरू महानगरपालिकाले उपलब्ध गराइरहेको छ।

    यसैगरी  महानगरपालिकाका अधिकारीहरुलाई नियमित रुपमा जोखिमयुक्त क्षेत्रहरूमा खटाइएको शाहले भनेका छन्।

    `आमनागरिकले कुनै जोखिममा पर्न नपरोस्। विपदका कारण कष्ट र असुविधा भोग्न नपरोस्, भनेर हामीले २४/७ संयन्त्र परिचालन गरेका हौँ।´ महानगर प्रमुख शाहले अगाडी भनेका छन्।

    यदि, तपाईं पनि जोखिममा हुनुहुन्छ, या कुनै आपतकालीन सहायता आवश्यक परेमा हेल्पलाइन नम्बरहरूमा सम्पर्क गरेर सहयोग लिन सक्नु हुनेछ। सहायताका लागि सम्पर्क नम्बरहरु १६६००१०५५११, ९८५१३५६५०९, ०१५९०१७६४, ०१५९०१७६३ तोकिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend