बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

धनगढीबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : एक जनाको मृत्यु, ३६ यात्रु घाइते

धनगढीबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : एक जनाको मृत्यु, ३६ यात्रु घाइते

images
२०८२ आश्विन १८ गते, शनिवार
२०८२ आश्विन १८ गते, शनिवार
  • कपिलवस्तु। धनगढीबाट काठमाडौं जादै गरेको ना ८ ख ५७०३ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ वनकसवासामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

    images

    सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका -१ वनकसवासामा शनिबार बिहान ६ बजे दुर्घटनामा परेको हो।

    images

    जिल्ला टफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा परेर बसमा सवार ३६ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा एक महिलाको मृत्यु भएको तर उनको नाम र वतन खुल्न नसकेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए।

    घाइतेहरू मध्ये ४ जनाको अवस्था गम्भीर रहेको टफिक प्रहरीले जनाएको छ। गम्भीर घाइते र मध्यम घाइते रहेका १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

    प्रहरीले बिहानको समय भएका कारण चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। 

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend