बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

`बेटी पढाऔँ, बेटी बचाऔँ’ कार्यक्रम स्थगित,१० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी

`बेटी पढाऔँ, बेटी बचाऔँ’ कार्यक्रम स्थगित,१० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी

images
२०८२ आश्विन १७ गते, शुक्रवार
२०८२ आश्विन १७ गते, शुक्रवार
  • जनकपुर। मधेस प्रदेश सरकारले सात वर्ष अघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजनाअन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित भएको छ।

    images

    मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो। शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियंका यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको बताइन्।

    images

    उक्त कार्यक्रममार्फत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार ६६६, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ र आव २०८०/८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो।

    कार्यक्रमअन्तर्गत हालसम्म १० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले बताइन्। एक जना छोरीको बिमा गर्दा रु ३७ हजार ४५७ प्रिमियम तिर्नुपर्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend