मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

किन र कस्ता खानेकुराले हुन्छ ग्यास्ट्रिक?

किन र कस्ता खानेकुराले हुन्छ ग्यास्ट्रिक?

images
२०८२ आश्विन १५ गते, बुधवार
२०८२ आश्विन १५ गते, बुधवार
  • काठमाडौं। पेटमा आमाशयभित्रको झिल्ली सुन्निने तथा आमाशयबाट एसिड माथि फर्किने समस्या नै ग्यास्ट्रिक हाे । एसिड माथि फर्किने समस्यालाई रिफ्लक्स भनिन्छ। यसले छाती पोल्ने, खाना खाँदा अप्ठ्यारो हुने, अमिलो पानी मुखमा आउनेजस्ता समस्या निम्त्याउँछ।

    images

    अधिकांश ग्यास्ट्रिकका बिरामीलाई रिफ्लक्सकाे समस्या नै हुने गरेकाे चिकित्सकहरु बताउँछन्। पेन किलर औसधिको असर, धूमपान, मद्यपान र अन्य खानपानका कारण पनि ग्यास्ट्रिककाे समस्या निम्तिने नर्भिक अस्पतालका ग्यास्ट्राेइन्टेराेलाेजिष्ट डा. सन्दीपराज कुँवर बताउँछन्।

    images

    उनका अनुसार दूध र दूधजन्य पदार्थ बढी खाने व्यक्तिमा ग्यास्ट्रिकले धेरै सताएको पाइन्छ। यसबाहेक तारेको, भुटेको, मसालेदार र दूषित खाना पनि यसको कारक हो। यस्ता खनेकुराले पेटमा एसिडको मात्रा बढाई माथि धकेल्ने काम गर्छ।

    यसैगरी एकैपटक धेरै खानेकुरा खाँदा पनि पाचन प्रक्रियामा असर पुग्ने र खाना धेरै बेर पेटमा रहने भएकाले ग्यास्ट्रिक बढ्ने उनी बताउँछन्। कम्तीमा चार घण्टाकाे फरकमा खाना खान डा. कुँवर सुझाव दिन्छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend