बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंको भीमसेनस्थानमा आगलागी : चार घर र एक निजी मन्दिरमा क्षति

काठमाडौंको भीमसेनस्थानमा आगलागी : चार घर र एक निजी मन्दिरमा क्षति

images
२०८२ आश्विन १३ गते, सोमवार
२०८२ आश्विन १३ गते, सोमवार
  • काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २० भीमसेनस्थान नजिकै सोमबार बिहान ४ बजे भएको आगलागीका कारण चारवटा घर र एक निजी मन्दिरमा क्षति पुगेको छ।

    images

    आगो पूर्ण रूपमा नियन्त्रणमा नआए पनि ९० प्रतिशत आगो निभाइसकिएको काठमाडौँ मानगरपालिका विपद् व्यवस्थापन  महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।

    images

    “आगो ९० प्रतिशत नियन्त्रणमा आएको छ, तर पूर्ण रूपमा निभाउन अझै केही समय लाग्न सक्छ।“ जोशीले भने।

    आगलागी काठमाडौं महानगरपालिका–२० भीमसेनस्थानस्थित दुईतले घरमा रहेको कपडाको गोदामबाट सुरु भएको थियो। जोशीका अनुसार आगो गोदाममा रहेका कपडा, कार्पेट र अन्य ज्वलनशील सामग्रीका कारण तीव्र रूपमा फैलिएको हो। 

    आगलागीपछि गोदाममा रहेका ग्यास सिलिन्डरहरू पड्किँदा आगो झन् भयावह बनेको थियो। आगलागीको कारण इलेक्ट्रिक सर्किट सर्ट भएको हुन सक्ने अनुमान गरिएको छ।

    आगलागी नियन्त्रणमा लिन महानगरपालिकाका चारवटा दमकल घटनास्थल पुगेका थिए। त्यसपछि ललितपुर, भक्तपुर र नेपाली सेनाका दमकलहरू समेत गरी ६ वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भएको थियो।

    स्थानीय स्वीपरले बिहान फोहोर सङ्कलन गर्न आउँदा आगो देखेपछि सूचना दिनासाथ तत्काल दमकल घटनास्थल पुगेको जोशीले जानकारी दिए।

    आगलागीबाट प्रभावित चारवटा घरमध्ये एउटा घर पूर्ण रूपमा नष्ट भएको छ भने दुईवटामा ५० प्रतिशतभन्दा बढी क्षति पुगेको छ। बाँकी एउट घर २५ प्रतिशतजति क्षति भएको प्रारम्भिक अनुमान छ। साथै, प्रभावित घरमाथिको निजी मन्दिर (गुठीको मन्दिर) मा पनि क्षति पुगेको जनाइएको छ। 

    क्षतिको पूर्ण विवरण आउन बाँकी छ, यद्यपि स्टिल स्ट्रक्चरका पुराना भवनहरूमा आगोले ठूलो क्षति पुर्याएको र थप विवरण प्राप्त हुन समय लाग्ने बताइएको छ।

    आगलागीका क्रममा पाँच जनालाई उद्धार गरिएको छ। जसमा दुई जना वयस्क र तीन जना बालबालिका थिए। “नगरप्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीले स्थानीयसँग मिलेर मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको छ ,“ महाशाखा प्रमुख जोशीले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend