बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

तुइन खोलामा पहिरो झरेको झर्यै, दुईतर्फी सडक अबरुद्ध

तुइन खोलामा पहिरो झरेको झर्यै, दुईतर्फी सडक अबरुद्ध

images
२०८२ आश्विन १३ गते, सोमवार
२०८२ आश्विन १३ गते, सोमवार
  • चितवन। मुग्लिन-नारायणगढ सडक खण्डकाे तुईन खाेला पुल नजिकै पुन: पहिरो खसेपछि सो सडकखण्ड दुइतर्फी रुपमा नै अबरुद्ध भएको छ। आज विहान ७ बजे खसेको पहिरो पन्छाएर यातायातका साधन सुचारु गरिएकोमा पुन १२ बजे पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो।

    images

    सडक डिभिजन कार्यालय चितवनले सो सडकखण्ड दुईतर्फी रुपमा नै अबरुद्ध भएको बताएको छ। पहिरो झर्नेक्रम जारी रहेकाले रोकिएपछि मात्र सडक खुलाउने कार्य सुरु हुने कार्यालयले सुचनामार्फत जानकारी दिएको छ।

    images

    `पहिराे झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न राेकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणकाे माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुनेछ। पहिरो अवधीभर राेकिएका सवारीसाधनहरू कृपया लेन अनुशासनकाे पालना गरि  सावधानीपूर्वक रहनुहुन अनुरोध गरिन्छ।´ कार्यालयले भनेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend