बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

१३ रोपनी जग्गामा काठमाडौंमा स्केटबोर्ड पार्क बन्दै, केके हुन्छन् पार्क भित्र?

१३ रोपनी जग्गामा काठमाडौंमा स्केटबोर्ड पार्क बन्दै, केके हुन्छन् पार्क भित्र?

images
२०८२ आश्विन ९ गते, बिहिवार
२०८२ आश्विन ९ गते, बिहिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले १३ रोपनी क्षेत्रफलमा काठमाडौं-५ मा स्केटबोर्ड पार्कको निर्माण गरिरहेको छ।

    images

    काठमाडौंका सम्पदालाई जोगाउँदै सबैको लागि शहर बनाउने योजनाअनुसार काठमाडौं महानगरले युवालाई लक्षित गर्दै गत जेठबाट सो पार्कको निर्माण थालेको हो।

    images

    काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले काठमाडौंलाई सबैको लागि सहर बनाउने उद्देश अनुसार सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहना अनुसारको यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको काम सुरु गरेको र तीन वर्षको संघर्षपछि जग्गा प्राप्त भएको बताए।

    सो पार्क बारे उनले भनेका छन्, `पार्क केवल खेल्ने ठाउँ मात्र होइन, युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा निर्माण भइरहेको छ। अहिले निर्माण करिब ५०% पूरा भइसकेको छ।´

    मेयर शाहले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत सो बारे जानकारी दिंदै पार्क भित्र बन्ने प्रमुख संरचनाहरू बारे पनि खुलाएका छन्।

    जहाँ अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ्ग एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्स सहित), बालबालिकाको खेलमैदान, ओपन जिम, ट्वाइलेट ब्लक र भलिबल कोर्ट रहने शाहले खुलाएका छन्।

    `३ वर्षको संघर्षपछि यमबुद्ध Skateboard पार्कको सपना साकार हुँदैछ, मेयर बनेको सुरुदेखि नै हाम्रो पहिलो लक्ष्य काठमाडौंलाई सबैको लागि सहर बनाउनु थियो। सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहना अनुसारको शहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ। सुरुमै बजेट छुट्याइएको थियो काठमाडौ महानगर वार्ड १६ मा बन्ने कुरा लगभग तय भैसकेको थियो तर तत्कालीन वडा अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधन पछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौ ,त्यस पछि अर्को २ वडामा कोसिस गर्यौ । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन। तर काठमाडौं–५ का वडा अध्यक्षज्यू बिरेन्द्र प्रजापति  र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्नु भएको रहेछ सोही जग्गामा उहाहरुको अग्रसरतामा सोही अन्ततः २०८१/ २/२९ गते देखि काम अघि बढ्न थाल्यो। अहिले यो पार्कको निर्माण फेजमा छ, करिब आधा काम पूरा भइसकेको छ।´ उनले फेसबुकमा लेखेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend