विराटनगर। अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनका क्रममा घाइते भएर विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत रहेका बिरामीहरुसँग भेटघाट गरेका छन्।
अर्थमन्त्री खनाल बुधबार विराटनगरस्थित नोबेल अस्पताल पुगेका हुन्। नोबेल अस्पतालमा जेन-जी आन्दोलनका क्रममा घाइते भएका २० जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालमा उपचाररत घाउतेमध्ये एक जना अर्थोपेडिक वार्डमा भर्ना भई उपचाररत छन्। भदौ २३ र २३ गते भएको आन्दोलनका क्रममा देशभर एक हजार भन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए। यस्तै ७४ जनाको मृत्युु भएको थियो।
फोटो: नोबेल अस्पताल फेसबुक



