चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ।।
सो सडक खण्डको तुइन खोलामा खसेको पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध बनेको छ। शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले एक सय मिटर भन्दा बढी सडक ढाकेको छ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार रातिदेखि नै खसेको पहिरोले सडक दुईतर्फी नै अवरुद्ध बनेको जानकारी दिए। रातभर निरन्तर पहिरो खसेपछि पन्छाउन समस्या भएको उनी बताउँछन्।
शनिबार भने विहानैबाट पहिरो पन्छाउने प्रयास भइरहेको छ। तर पहिरो खस्नेक्रम रोकिएको छैन। सो सडक खण्डमा अहिले सवारी साधनको जाम बढेको छ भने हजारौं यात्रु रातिदेखि नै सडककमा अलपत्र परेका छन्। पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।



