काठमाडौं। काठमाडौं उपत्यकामा विगत ६ दिनदेखि देखि जारी कर्फ्यु हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौ, भक्तपुर र ललितपुरले सुरक्षा अवस्था विश्लेषणका आधारमा लगाइएकाे निषेधाज्ञा र कर्फ्यु शनिबारदेखि हटाइएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले यसअघि आजका लागि निषेधाज्ञा र कर्फ्यु जारी गरेकोमा आजै अर्को सूचना जारी गर्दै हटाइएको भनेको छ।
तर निषेधित क्षेत्रसम्बन्धि आदेश भने कायमै रहने प्रशासनको भनाइ छ। अर्थात संवेदनशील भनी ताेकिएका निषेधित क्षेत्रमा भने जान पाइने छैन।
जेन- जी आान्दाेलनका कारण अवस्था नियन्त्रण बाहिर गएपछि काठमाडौंमा भदौ २३ गतेदेखि कर्फ्यु जारी गरिएकाे थियाे ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको सुचनाको पत्र




