काठमाडौं। काठमाडौं महानगरपालिकाले जेन-जी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापनमा सहयोग गरिने बताएको छ।
महानगरपालिकाले मृतकका परिवारजनलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्याउन शववाहनको व्यवस्था गरेको हो।
त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि महानगरपालिकाले विशेष टिम परिचालन गरेको छ।
महानगरपालिकाले कुनैपनि आवश्यक सहयोगका लागि निम्न सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।
जगदीश अर्याल - ९८५४०४५७०२
विज्ञान घिमिरे - ९८५११३३९११
इश्वर वाग्ले - ९८४१२९७८६१



