बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंमा भोलि पनि निषेधाज्ञा र कर्फ्यु

काठमाडौंमा भोलि पनि निषेधाज्ञा र कर्फ्यु

images
२०८२ भाद्र २६ गते, बिहिवार
२०८२ भाद्र २६ गते, बिहिवार
  • नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबारका लागि पनि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।

    images

    नेपाली सेनाले पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा र कर्फ्यु आदेशलाई निरन्तरता दिनु पर्ने भएको भन्दै सेनाले जिल्ला सुरक्षा समितिहरुबाट सो ब्यवस्था गरिएको भनेको छ।

    images

    जस अनुसार शुक्रबार बिहान ११ देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि २८ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी भएको सेनाले भनेको छ।

    यस्तै भाद्र २७ गते बिहान ६ बजेदेखि ११ सम्म र बेलुकी ५ बजे ७ बजे सम्म अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने सेनाले जनाएको छ।

    निषेधाज्ञा तथा कर्फ्यूको समयमा अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीका साथै खाद्यान्न, ग्यास लगायरका इन्धन, दूध, तरकारी, पानी, संचार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने सवारी साधन) भने सञ्चालन गर्न सकिने बताइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend