रामेछाप। रामेछाप जिल्ला कारागारमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ।
बिहीबार बिहानै कारागारमा रहेका कैदीबन्दीले भाग्ने प्रयास गरेपछि उनीहरूमाथि गोलि प्रहार भएको हो। सो क्रममा अन्य ११ जना कैदीबन्दी घाइते भएका छन्।
कैदीबन्दीहरु भाग्न प्रयास गरेपछि स्थिति नियन्त्रण लिन गोली प्रहार गरिएको बताइएको छ। कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा दुई जना कैदीको मृत्यु भएको छ भने ११ जना घाइते भएका हुन्।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ।
हाल रामेछाप कारागारमा ३३४ जना कैदीबन्दिहरु छन्। कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।



