बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भारतको उत्तराखण्डमा बर्डफ्लु देखिएपछि नेपालको सीमामा कडाइ

भारतको उत्तराखण्डमा बर्डफ्लु देखिएपछि नेपालको सीमामा कडाइ

images
२०८२ भाद्र १८ गते, बुधवार
२०८२ भाद्र १८ गते, बुधवार
  • बैतडी। भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

    images

    बर्डफ्लु भित्रिन नदिन बैतडीका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिए।

    images

    उनका अनुसार भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा बर्ड्फ्लु सङ्क्रमण देखिएको छ। 

    “सीमा जोडिएको जिल्ला भएकाले भित्रिन नदिन सतर्कता अपनाएका हौं, हामीले हाम्रोतर्फ भित्रने नाकामा कडाइ गरेका छौं” पन्तले भने।

    पन्तका अनुसार भारतसँग सीमा जोडिएका दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा उच्च सतर्कता अपनाउनु पर्ने अवस्था छ। ती दुवै स्थानीय तहले सूचना जारी गरेर सतर्कता अपनाउन भनेका छन्।

    भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सीमा जोडिएका दशरथचन्द र पञ्चेश्वरलाई उच्च सतर्कता अपनाउन आग्रह गरेपछि यी दुवै पालिकाले सूचना जारी गर्दै सतर्कता अपनाउन सूचना जारी गरेका हुन्।

    गाउँपालिकाले सूचना जारी गर्दै कुखुरा तथा कुखुराजन्य पदार्थ भित्र्याउने कार्यमा संलग्न रहेमा तथा सूचनाको अवज्ञा गरेमा कानुनबमोजिम कारबाही हुने भनेको छ।

    बर्डफ्लु कुखुरा र पक्षीको अतिसङ्क्रामक रोग हो। यो जतिबेला जहाँ पनि फैलन सक्दछ। बर्डफ्लु सङ्क्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छन्।

    बिरामी गम्भीर भएमा निमोनिया, श्वासप्रश्वासको समस्या देखिन गइ बिरामीको मृत्युसमेत हुनसक्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend