बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मुटुरोग उपचारमा सहकार्य सम्झौता

मुटुरोग उपचारमा सहकार्य सम्झौता

images
२०८२ भाद्र १६ गते, सोमवार
२०८२ भाद्र १६ गते, सोमवार
  • दाङ। राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबिच मुटुरोग उपचारमा सहकार्य सम्बन्धि सम्झौता भएको छ।

    images

    प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. श्याम लम्साल र केन्द्रका निर्देशक डा. रवि मल्लबीच मुटु रोग उपचारमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको हो। 

    images

    प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. श्याम लम्सालले सम्झौतामा राप्ती प्रतिष्ठानले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई रिफरल सेन्टर बनाउने सहमति भएको बताए।

    यस्तै राप्ती प्रतिष्ठानका विद्यार्थी र प्रशिक्षार्थीहरू शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अभ्यासका लागि उपस्थित हुने सम्झौतामा उल्लेख भएको डा. लम्सालले जानकारी दिए।

    राप्ती प्रतिष्ठानका विद्यार्थीले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अधिकतम ६ महिनाका लागि प्रयोगात्मक अभ्यास गर्न सक्ने र त्यसबापत लाग्ने शुल्क प्रतिष्ठानले बुझाउने सम्झौता भएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend