बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

हेटौंडा अस्पतालको निर्देशकमा डा. सापकोटा नियुक्त

हेटौंडा अस्पतालको निर्देशकमा डा. सापकोटा नियुक्त

images
२०८२ भाद्र १६ गते, सोमवार
२०८२ भाद्र १६ गते, सोमवार
  • काठमाडौं। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशकमा डा. रामचन्द्र सापकोटा नियुक्त भएका छन्।

    images

    प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले डा. सापकोटालाई सोमबार हेटौंडा अस्पतालको निर्देशक नियुक्त गरेका हुन्। 

    images

    चितवनका डा. सापकोटा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुन्। उनी यसअघि सो अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा थिए। उनी १०औं तहका चिकित्सक हुन्।

    डा. सापकोटालाई नियुक्तिपत्र हस्तान्तरण गर्दै मन्त्री थापाले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको बताए।

    उनले अनुभवी र दक्ष चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण हुने अपेक्षा डा. सापकोटाबाट लिइएको पनि बताए।

    डा. सापकोटाले पोखरास्थित मणिपाल मेडिकल कलेजबाट स्नातक तह (MBBS) र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जबाट स्नातकोत्तर (MS Orthopedics) अध्ययन पूरा गरेका छन्।

    नव नियुक्त निर्देशक सापकोटाले प्रतिष्ठानका उपकुलपति डा. ज्ञवालीबाट सोमबार नै पद तथा गोपनियताको सपथ लिएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend