बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

`मुस्ताङ गोल्ड’ मा झिँगा भेटियाे, महानगरले तिरायाे २ लाख जरिवाना

`मुस्ताङ गोल्ड’ मा झिँगा भेटियाे, महानगरले तिरायाे २ लाख जरिवाना

images
२०८२ भाद्र ११ गते, बुधवार
२०८२ भाद्र ११ गते, बुधवार
  • काठमाडौँ। धनुषा डिस्टिलरी प्रा.लि.द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक मदिरामा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेकाे छ।

    images

    सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा फेला परेको महानगरले जनाएको छ।

    images

    यही भदौ ४ मा उपभोक्ता स्वयमले मदिरामा झिँगा भेटिएको भन्दै महानगर प्रहरी बलमा उजुरी दिएका थिए।

    महानगरकाे कृषि तथा पशुपंक्षी विभागले साे मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो। जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको थियाे।

    काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार यो कार्य अनुचित व्यापारिक गतिविधि मानिएको छ।

    साथै, ऐनको दफा २९(घ) र दफा ३०(१)(ख) बमोजिम धनुषा डिस्टिलरी प्रा.लि.ले कानुन उल्लङ्घन गरेको महानगरकाे ठहर छ।

    यसअघि महानगरपालिकाले सोमबार महानगरपालिकाको वडा नं. २३ र २४ अन्तर्गत बसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको थियो।

    महानगरको कृषि तथा पशुपंक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) को प्रयोग गरी चार रेस्टुरेन्ट र एक मिठाई पसलको अनुगमन गरेकोमा ३१ लिटर अखाद्य तेल नष्ट गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend