बिरगंज। बिरगंज महानगरपालिकाले हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ।
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज बसेको नगर प्रमुख स्तरीय बैठकको निर्णयअनुसार भदौ ११ देखि १३ गते शुक्रबारसम्मका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिइने निर्णय भएको जानकारी दिए।
महानगर बैठकले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाएर हैजा नियन्त्रणका लागि जनचेतनामूलक कार्य गराउँन खटाउने निर्णय समेत गरेक छ। यसरी शिक्षक तथा कर्मचारी खटाउँदा विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा खटाइने छ।
हैजा संक्रमण बढ्दै गएपछि गत आइतबार र सोमबार महानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। थप निर्णय हुँदा कुल पाँच दिन विद्यालय बन्द हुनेछ।



